सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः श्रेष्ठ


काठमाडाैं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मा पुनः सुयोग श्रेष्ठलाई दिएको छ ।

बैंकसंचालक समितिको बैठकले श्रेष्ठलाई  कार्यकालकाे लागि सीईओको नियुक्ति गर्ने निर्णय गरेको हो । भदौ १७ गतेदेखि लागू हुने गरी उनको दाेस्राे कार्यकाल ४ वर्षका लागि हुने छ ।

श्रेष्ठकाे पहिलाे कार्यकाल यही भदाै १६ गते सकिनेमा यसभन्दा पहिले नै सञ्चालक समितिले उनलाई नै दोहोराउने निर्णय लिएको हो ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट सिए गरेका थिए।

साग्रिला बैंक प्रवेश गरेसँगै उत्कृष्ट नजिता दिन सफल श्रेष्ठलाई संचालक समितिले फेरी दोस्राे कार्यकालको जिम्मेवारी दिएको बताइएको छ ।

प्रतिक्रिया