भाइको उजुरीमा ७ महिने बच्चासहित जेलमा…


नवलपुर – पूर्वी नवलपरासीमा एक जना महिला बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ परेकी छन् । कावासोती १० निवासी ४१ वर्षीया सुमित्रा तिमिल्सिना पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार उनलाई उनकै भाइ रविन्द्र तिमिल्सिनाले उजुरी दिएका हुन् ।

तिमिल्सिनाले ९९ लाखको बाउन्स चेक दिएको दाबीसहितको उजुरी दिएपनि १९ लाखको मात्र बाउन्स चेक भेटिएको प्रहरी उपरीक्षक महर्जनले बताए ।

प्राइम बैंकको चेक बाउन्स भएपछि उनका भाइ रविन्द्रले कास्कीबाट उजुरी दिएका थिए । तर, तिमिल्सिनालाई नवलपुर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी तिमिल्सिनामाथि अदालती कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

केही दिनअघि पक्राउ परेकी तिमिल्सिनासँग ७ महिने बच्चा छ । आमाले बच्चा आफन्तको जिम्मा लगाए मात्र अरुलाई दिन सकिने नत्र दुधे बालक आमासँगै रहने एपसी प्रहरी उपरीक्षक महर्जनले बताए ।

प्रतिक्रिया