तनहुँ क्षेत्र नम्बर १ मा भट्टराईले गरे उम्मेदवारीकाे घाेषणा


तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो १ नम्बर क्षेत्रमा कांग्रेसबाट संघको उम्मेदवार हुन चाहेको घोषणा गरेका हुन् ।

देशैभर नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको भन्दै उनले भने, ‘नयाँ मानिस, विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको छ । देशका महत्वपूर्ण सहरमा स्वतन्त्र कामै नगरेका विजयी भएका छन् ।’

‘पुरानालाई समानुपातिकमा अनि नयाँलाई उम्मेदवार बनाएर उनीहरुको संघर्ष, ज्ञान, क्षमता र समर्पण र त्यागलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

विगतमा तत्कालीन एमालेका कृष्णकुमार श्रेष्ठले जितेको क्षेत्रमा अहिले कांग्रेसबाट कसले टिकट पाउला भन्ने चर्चा छ । यस अघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया