

राजधानीबाट ६९ लाख नगदसहित ३ हुण्डी कारोबारी पक्राउ

काठमाडौं — राजधानीबाट हुन्डी कारोबार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई घण्टाघर र कलंकीबाट ६९ लाख रूपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर—१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई—७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशलकुमार शाह र धनुषाको जनकपुर(३ घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।
घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सन्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

