घुस लिएको अभियोगमा विद्युत् प्राधिरकणका कर्मचारीविरुद्ध मुद्दा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका नेपाल विद्युत् प्राधिरकण तनहुँ वितरण केन्द्र आँबु खैरहनी शाखाका कर्मचारी कृष्ण आलेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार सेवाग्राहीको काम गरिदिएबापत गैरकानूनी रुपमा रु पाँच हजार घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको छ ।

पोल र तार मर्मत गरिदिएबापत नियमानुसार बुझाउनुपर्ने रकमका अतिरिक्त थप रकम मागेको आरोप प्राधिकरणका कर्मचारी आलेमाथि लागेको छ ।

प्रतिक्रिया