

नेपाल समाजवादी पार्टीको बैठक बस्दै

काठमाडौँ- नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ। काठमाडौँमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ।
बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए।
जनता समाजवादी पार्टीबाट कारबाहीमा परेपछि बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्माणमा लागेका छन्।

