आजको मौसम : यी ठाउँमा भारी वर्षा


काठमाडौँ- हाल काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती  प्रदेशमा छिटपुट वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना  छ।

आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशमा सामान्य बदली रही बाँकी  भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना  छ।

प्रतिक्रिया