तीनकुनेमा सञ्चालित कल सेन्टरमा प्रहरीले मार्यो छापा


काठमाडौं – प्रहरीले तीनकुनेमा चिनियाँ नागरिकद्वारा सञ्चालित कल सेन्टरमा छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको एक टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले बताए ।

बोहोराले तीनकुनेको एक घर भाडामा लिएर सञ्चालनमा रहेको कल सेन्टरमा छापा मारिएको हो । उक्त घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरि थप अनुसन्धान सुरू गरिएको छ ।

यसअघि प्रहरीले आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारी १ सय ५० भन्दा बढीलाई पक्राउ परेको थियो ।

प्रतिक्रिया