नयाँ दिल्लीमा कोरोनाको भ्याक्सिन लगाएका ५२ जनामा देखियो साइडइफेक्ट


नयाँ दिल्ली – नयाँ दिल्लीमा कोरोना भाइरविरुद्धको खोप लगाएका मध्य ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो ।

मन्त्रालयका अनुसार खोप अभियान पहिलो दिनमा ३३५१ भागमा विभाजन गरेर खोप लगाइएको छ । जसमा दुबै कोभ्याक्सिन र कोभिसिल्ड खोपहरू प्रयोग गरिएको थियो ।

मिडिया रिपोर्ट अनुसार यी व्यक्तिहरुलाई स्थानीय प्रशासनद्वारा निगरानीमा राखिएको छ । खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्याहरू भएको अधिकारीहरुले जनाएका छन् । सरकारको योजना अनुसार कोरोना खोप पहिले सफाई कर्मचारी, डाक्टर र नर्सहरुलाई दिइएको छ ।

एम्सका अधिकारीहरूका अनुसार अस्पतालका सुरक्षा गार्डले एलर्जीको प्रतिक्रिया दिएका छन् । उनलाई अस्पतालमा डाक्टरको निगरानीमा राखिएको छ । त्यस्तै अन्य बालबालिकामा पनि साइडइफेक्ट देखिएको छ ।

प्रतिक्रिया