
लगनखेलमा एक महिला मृत फेला
ललितपुर – ललितपुरमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।
शनिबार ललितपुर महानगरपालिका-१५ लगनखेल बटुकी भैरब मन्दिर पछाडि भित्री बाटोमा एक महिला मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ती महिलाको सनाखत भइसकेको छैन । प्रहरीका अनुसार उनी अन्दाजी ४५ वर्षकी छन् । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।



कागजपत्र |
