

पूर्वएआईजी श्रेष्ठको निधन

काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पंकज श्रेष्ठको निधन भएको छ ।
केही समयदेखि बिरामी रहेका श्रेष्ठको शुक्रबार बिहान काठमाडौंमा निधन भएको जनाइएको छ ।
इलाम स्थायी घर भएका श्रेष्ठले एआईजीबाट अवकाश पाएका थिए ।
उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।

