

एआईजी बढुवा विवाद : आज के फैसला आउला त?

काठमाडौं- नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजी) बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ। यसअघि गत सोमबार सरकारी कानून व्यवसायी र प्रत्यासी हाजिर नभएपछि आजका लागि पेसी सारिएको थियो।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। आजको सुनुवाइबाट फैसला आउने अपेक्षा गरिए पनि अब केही सातामात्रै पोखरेलको अवकाशको समयावधि बाँकी रहेको हुनाले अन्य केही कारणले पुनः सुनुवाइ सर्नसक्ने सम्भावना छ। पोखरेलले आफ्नो अवकाश अवधिभन्दा अगावै फैसला आउनुपर्ने बताउँदै आएका छन्।
विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।

