
बैंकिङ कसुरमा पाँच लाख जरिवाना पाएका भण्डारी पक्राउ
काठमाडौं – बैंकिङ कसुर मुद्दामा पाँच लाख जरिवाना पाएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर दधिकोट बस्ने ३० वर्षीय सिताराम भण्डारी छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उच्च अदालत पाटन ललितपुरले जेठ १० गते उनलाई पाँच लाख जरिवाना तोकेको थियो। त्यसपछि पनि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।



कागजपत्र |
