झिम झिम परेलीमा पल र अशोक


काठमाडौं– गायक टंक बुढाथोकी र गायिका कविता सिवाकोटीको नयाँ गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् ।

नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । भिडियोमा अभिनेता पल शाह, बालगायक अशोक दर्जी फरक अवतारमा प्रस्तुत भएका छन् । अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिएका छन् ।

म्युजिक भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्, भने सम्पादन नबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने काम भने सुबोल थापाले गरेका छन् ।

प्रतिक्रिया