

नेपाल एसबीआई बैंकले मनायो २९ औं वार्षिकोत्सव

काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले २९औं वार्षिकोत्सव मनाएको छ । बैंकले जुलाई ७ का दिन एक भर्चुअल कार्यक्रममार्फत बैंकका सम्पूर्ण कर्मचारीहरु तथा बैंकसम्बद्ध व्यक्तिहरु सहभागीतामा वार्षिकोत्सव मनाएको हो ।
साथै उक्त अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो । जहाँ कर्मचारीहरूले बैंकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे। उनले बैंकको दीगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए ।
त्यसैगरी कार्यक्रममा बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे । प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीहरूलाई धन्यवाद दिएका थिए । साथै, बैंकले भर्चुअल साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो जसमा सबै शाखा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो र आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङसेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।

