रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु, ३० घाइते


रामेछाप – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

सुनापती गाउँपालिकामाबाट काठमाडौंका लागि छुटेको बस बिहान करिब १० बजेतिर खनियापानीमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी पाँच जना पुरुष र चार जना महिला घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

घटनास्थलबाट ३० जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।

बसमा ४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया