वुहान पुग्यो डब्ल्यूएचओको टिम, पहिलो दुई हप्ता क्वारेन्टिनमा


काठमाण्डाै – कोरोना भाइरस उत्पत्तीबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टिम चीनको वुहान सहर पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो ।

१० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ ।

सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण भेटिएको थियो ।

बिहीबार यो टिम वुहान पुग्दा त्यहाँको जनजीवन लगभग सामान्य भएको पायो तर उत्तरी चीनमा कोरोनाको नयाँ सङ्क्रमण देखिन थालेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको टिमले जाँच सुरु गर्नुअघि पहिलो दुई हप्तासम्म क्वारेन्टिनमा रहनेछ । यो टिमले जाँचको क्रममा चिनियाँ अधिकारीहरूले दिएको नमुना र प्रमाणको प्रयोग गर्नेछ ।

विश्व स्वास्थ्य सङ्गठनमा विश्वव्यापी सङ्क्रमण र प्रतिक्रिया इकाइका प्रमुख प्रोफेसर डेल फिशरले बीबीसीसँग भने, ‘विश्वलाई यसलाई एक वैज्ञानिक यात्राको रुपमा लिने विश्वास छ ।’

उनले भने, ‘यस राजनीतिक र आरोप–प्रत्यारोपको विषय होइन बरु यो एक वैज्ञानिक प्रश्नका अनुसार जाने कोसिस हो ।’

प्रोफेसर पिशरका अनुसार धेरै वैज्ञानिक यो भाइरस ‘प्राकृतिक रूप’ मा आएको मान्छन् । सुरुमा कोभिड–१९ वुहानको सुरुवात वुहानको मासु बजारबाट फैलिएको मानिएको थियो ।

प्रतिक्रिया