प्रचण्ड पूर्वएमालेको बिरालो बोकेर म्याउँ गरिरहेका छन्ः बस्नेत


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डलाई बिरालो बोक्नेको संज्ञा दिएका छन्।

प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताउँदै बिहीबार बिराटनगरमा भएको पत्रकार सम्मेलनमा उनले भने,‘प्रचण्ड पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’

६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनःस्थापना नहुने बताएका उनले भने,‘लोकतन्त्रको विकल्प आवधिक निर्वाचन नै हो।’

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएपछि प्रचण्ड र माधव नेपालको सपना चकनाचुर भएको उनको भनाई थियो।

प्रतिक्रिया