
दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ नेपाली कामदार पक्राउ
काठमाडौँ- दक्षिण कोरियामा अवैध रूपमा काम गरिरहेका १३ नेपाली पक्राउ परेका छन्। त्यहाँको अध्यागमन नियन्त्रण ऐन उल्लङ्घन गरी गैरकानुनी रुपमा काम गरेको आरोपमा १३ नेपालीलाई पक्राउ गरेको हाे।
पक्राउ परेका नेपालीमध्ये चारजना ‘कृषि तथा मत्स्यपालन मौसमी काम (इ–८) को हैसियतमा कोरिया प्रवेश गरी श्रम सम्झौता अवधि नपुग्दै काम छाडेर गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरेको तथा बाँकी नौ जनाको भिसा अवधि सकिएको पाइएकाे छ। पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलाइएको छैन।
उनीहरू आनसङ सी तथा ख्यङ्गिदोमा एक कम्पनीमा कार्यरत थिए। अवैध रूपमा आफ्नो कार्यस्थल छोडेका विदेशीहरूलाई काममा राख्ने कम्पनीलाई समेत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।



कागजपत्र |
