सिरहामा बोक्सी भन्दै मलमूत्र खुवाउने दुई महिला पक्राउ


काठमाडौँ- सिरहामा बोक्सी भन्दै एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला देवी साहलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले छिमेकी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएर आरोप छ। यही असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुवै जनाले मलमूत्र खुवाएको सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालय (लहान) को हिरासतमा राखेर बोक्सी आरोप कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया