स्याम्फूको बट्टामा सुन लिएर आएका सिंह विमानस्थलबाट पक्राउ


काठमाडौं – ओमनबाट नेपाल आउँदा अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन् ।

शुक्रबार बिहान ओमानबाट सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका निरन्जन कुमार सिंहले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो ।

सिरहाका सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू (झोल) सँगै मिसाएर १०० ग्राम सुन ल्याएका थिए ।

सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

 

प्रतिक्रिया