मानव बेचविखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ


मोरङ- मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मानव भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका-४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।

उनीहरूले १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सीमा क्षेत्रबाट ललाईफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरुमाथि जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया