काठमाडौंमा भारी वर्षा : हनुमन्ते, मनोहरा, बागमतीमा जल सतह बढ्यो, सतर्क हुन आग्रह


काठमाडौं- काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ। पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हनुमन्ते, मनोहरा, वाग्मती र यसका  सहायक नदीमा जलसतह बढिरहेको छ। यी नदी नदी किनारको बाटो भई यात्रा गर्दा अर्को तीन  घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

गएराति देखिनै वर्षा भइरहेको काठमाडौंका दिउँसो केही समय वर्षा रोकिने तर अपराह्न पुनः वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिए।

प्रतिक्रिया