मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

मानव बेचविखन मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश प्रकाश ढुंगानाले सो आदेश गरेका हुन् ।

पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा मुद्दा दर्ता गरेको थियो । बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा १ लाख धरौटी माग्ने आदेश भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख गंगा प्रसाद पौडेलले बताए ।

सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

प्रतिक्रिया