
सबै विद्यार्थीलाई सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग
काठमाडाैं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सबै विद्यार्थीलाई सहुलियत दरमा चुलोको व्यवस्था गर्न माग गरेको छ ।
अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा. नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुलो सबै विद्यार्थीहरूलाई वितरण गर्न नेविसंघले माग गरेको हो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन प्रवर्द्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुलो दिने निर्णयको नेविसंघले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुलो उपलब्ध गराउन माग गरेको हो ।
नेविसंघका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुलो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गरेका हुन् ।



कागजपत्र |
