


सशस्त्र आईजी खनालद्वारा ६ डीआईजीलाई दर्ज्यानी प्रदान

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका ६ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका ९ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरे ।
नेपाल सरकार गृहमन्त्रालयका् निर्णयबाट ६ जना अधिकृतहरु सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका थिए भने ९ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका थिए ।

सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व पुरा गर्न पूर्णव्यावसायिक भई इमान्दारिताकासाथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए ।
खनालले राष्ट्र र संगठनको लागि आफ्नो ज्यानको समेत आहुती दिएका अमर सशस्त्र प्रहरीहरुको त्याग र बलिदानको सम्मान हुने गरी ईमान्दारिताकासाथ जिम्मेवारी निर्वाहमा लाग्नुपर्ने चर्चा गर्दै सशस्त्र प्रहरी अधिकृतहरुले आफु मातहतकालाई समेत अनुगमन तथा मार्गदर्शन गर्दै कुशल नेतृत्व प्रदानगरी आगामी दिनमा अझै परिस्कृत भएर राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपत विपदमा परेकाहरुको उद्वार कार्यमा सकृय रहनुपर्ने उल्लेख गरे ।

