देशभर ७ जना संक्रमण मुक्त हुँदा थप १७ जनामा कोरोना पुष्टी


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १७ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ३०७० नमूनामा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ७ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै गत २४ घन्टामा देशभर ८० हजार ५ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९ रहेको छ ।

प्रतिक्रिया