हात्तिसारस्थित एक रेष्टुरेन्टमा इन्टर्न गर्न गएकी युवती बलात्कृत, वेटर पक्राउ


काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित हात्तिसारमा एक रेष्टुरेन्टमा इन्टर्न गर्न गएकी युवती बलात्कृत भएकी छिन्।

नेपाल हाउस रेष्टुरेन्टमा इन्टर्न गर्न गएकी युवतीलाई बलात्कार गरेको आरोपमा सोही रेष्टुरेन्टका वेटर पक्राउ परेका छन्। घटना जेठ २० गतेको हो। राति अन्दाजी साढे ११ बजेतिर उक्त रेष्टुरेन्टमै युवती बलात्कृत भएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।

तत्कालै प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले सोही रेष्टुरेण्का वेटर २० वर्षीय जीवन फुँयाल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका खत्रीलाई जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया