हरेक कार्यकर्ताबाट चन्दा उठाउँदै माओवादी


काठमाडाैं – नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट धमाधम चन्दा उठाउन थालेको छ । अध्यक्ष प्रचण्डले कम्तिमा एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएसँगै चन्दा उठाउन लागिएको हो ।

माओवादीले सदस्यहरुबाट कम्तिमा १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन सर्कुलर नै पठाएर मातहतका कमिटीलाई निर्देशन दिइसकेको छ ।

आइतबार बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो ।

केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सो पार्टीले सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया