राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमबाट माओवादीका उम्मेदवार पार्की विजयी


धनगढी – नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिमबाट उम्मेदवारी दिएका जगत पार्की विजयी भएका छन् । बुधवार भएको मतदानमा पार्की प्रदेश सभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् । पार्की सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको रुपमा दलिततर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया