माओवादी महाधिवेशनमा ओली नजाने


काठमाडौं –  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनरमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिवर्तन गर्दै आइतबार दिउँसो ३ बजे उद्घाटन कार्यक्रम राख्दै सम्पूर्ण राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा दिएको थियो । तर, एमालेको १० औं महाधिवेशनमा उपस्थित नभएका प्रचण्डको निम्तोमा एमाले अध्यक्ष ओली पनि अनुपस्थित हुने भएका छन् ।

ओली केहीदिनदेखि उपत्यका बाहिर रहेको हुनाले माओवादीको कार्यक्रममा उपस्थित नहुने जनाइएको छ ।

माओवादी केन्द्रले सम्मेनललाई महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया