प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा


काठमाडाैं – सरकारले पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।बढुवा समितिको बैठकले ९ जेठमा उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । सिफारिस अनुसार सरकारले उनीहरूको बढुवा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिष्दको बैंठकले डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गरेको हो ।

यसैबीच मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हाे ।

प्रतिक्रिया