देशभर थप २१ जनामा कोरोना पुष्टी, ८ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३२४८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा ८ जना कोरोनासंक्रमण मुक्त भएका छन् भने १ लाख २७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १ सय ९ जना सक्रिय संक्रमित संख्या रहेका छन् ।

प्रतिक्रिया