डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते


डडेल्धुरा – धनगढीबाट अछामका लागि छुटेको मालबाहाक ट्रक डडेल्धुरामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी नजिकमा दुर्घटना हुँदा चालकको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक अन्दाजी ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । यस्तै ट्रकका सहचालक १८ वर्षीय मदन साउँद घाइते भएका छन्।

ट्रक सडकबाट २ सय ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने नखुलेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया