पैदल हिडिरहेकी महिलाको सिक्री लुटेको आरोपमा युवा पक्राउ


काठमाडौं – प्रहरीले सडकमा पैदल हिडिरहेकी महिलाको सिक्री लुटेको आरोपमा एकजना युवालाई पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ घर भई वडा ५ मा बस्‍ने ३५ वर्षीय राकेश नगरकोटीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले डेढ लाख बराबराको सुनको सिक्रि बरामद गरेको छ ।

पक्राउ परेका नगरकोटीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रतिक्रिया