सशस्त्र इन्स्पेक्टर गुरुङलाई गृहको स्पष्टीकरण, एक साताभित्र सेवाबाट हटाउने तयारी


काठमाडौं — गृहमन्त्रालयले सशस्त्र प्रहरीकी इन्सपेक्टर अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी डाक्टर गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको हो । एपीएफ अस्पताल बलम्बुमा कार्यरत डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्।

बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको छ।

भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी गुरूङलाई सेवाबाट हटाउने गृह मन्त्रालयको तयारी छ।

विभागीय कारबाही गर्न नपर्ने कारण भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न उनलाई गृह मन्त्रालयले सचिवस्तर निर्णय गर्दै सूचना प्रकाशित गरेर जानकारी गराएको छ।

यस्तो छ सूचनाः

प्रतिक्रिया