कैलालीमा एक दम्पती मृत अवस्थामा फेला, घटनास्थलमा खुकुरी भेटियो


कैलाली – गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृत भेटिएका छन्। ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन्।

श्रीमान् घरबाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा पत्नीको हत्या गरेर हेमबहादुरले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया