वर्षासँंगै भक्तपुरमा बाढीपहिरोको चिन्ता, विपद कार्ययोजना बनाउन निर्देशन


भक्तपुर – वर्षायाम सुरू भएसँगै हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि चाँगुनारायण नगरपालिकाकाले कार्ययोजना बनाउने भएको छ । यसका लागि नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन सोमबार निर्देशन दिएका छन् ।

जोखिम न्यूनीकरणका लागि नगर प्रमुख खत्रीले नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
भक्तपुरमा चारवटा नगरपालिका छन् । त्यसमध्ये भक्तपुर र मध्यपुर थिमि पुरानो नगरपालिका हुन् । सूर्यविनायक र चाँगुनारायण नयाँं नगरपालिका हुन् । यसअघि गाउँं विकास समिति मिलाएर नगरपालिका बनाइएको हो । यही कारण दुईवटा नगरपालिकामा घडेरीहरूको विकास त्यति हुन सकेको छैन।

यी नगरपालिका क्षेत्रहरू गाउँंबस्तीका छन् । जंगल छन् । पहाडी क्षेत्रका रूपमा छन् । यही कारण यहाँं प्रत्येक वर्ष बाढीपहिरोको जोखिम बढ्ने गरेको हुन्छ । प्रत्येक वर्ष वर्षासँंगै यहाँं बाढीपहिरोले बस्तीहरू जोखिममा पर्ने गरेका छन् । कुनै वर्ष ठूल्ठूला दुर्घटनासमेत हुने गरेका छन् ।

यही विषयवस्तुलाई मध्यजनर गरी यस्तो निर्देशन दिएको मेयर खत्री बताउँंछन् । चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अन्तरक्रियामा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपदबाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्धार र राहत पुग्ने कार्यक्रम समावेश गरी कार्ययोजना बनाउन निर्देशन दिए ।

विभिन्न महामारीजन्य रोग र प्राकृतिक प्रकोपको रोकथाम नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया तथा आरआरटी स्वास्थ्यकर्मी परिचालन कार्यक्रममा उनले चाँगुनारायणवासीलाई स्वस्थ बनाउन स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने पनि बताए । उनले नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नगरपालिकाबाट प्रदान गरिने सेवालाई जनमैत्री बनाइनेसमेत बताए ।

बुढानिलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत कुमारप्रसाद दाहालले समयमै योजना बनाएर काम गर्दा विपदबाट हुने क्षतिलाई कम गर्न सकिने बताए ।

चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताए । उनले आगामी दिनमा थप योजना बनाएर काम गरिनेसमेत बताए । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनीिध, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया