थप छ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जिल्ला शून्य संक्रमित


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४११ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ जना रहेका छन् । २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७८ पुगेको छ ।

यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित भएको ३२ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ ।

नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आज १३ हजार ८२९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म होम आइसोलेशनमा १०२ जना रहेका छन् ।

प्रतिक्रिया