१० महिनामा मुलुकको व्यापार घाटा १४ खर्ब बढी


काठमाडौं – चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा १ खर्ब ७३ अर्बको वस्तु निर्यात गरेको छ । चालू आवको १० महिना (साउनदेखि वैशाखसम्म)मा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापार घाटा व्यहोरेको हो ।

पछिल्लो १० महिनामा नेपालमा गत आवको सोही समयमा भन्दा अहिलेको १० महिनामा २४.९४ प्रतिशतले व्यापार घाटा बढेको छ ।

प्रतिक्रिया