‘बलात्कार तथा याैनजन्य मुद्दामा हदम्याद हटाउने तयारी भइरहेको छ’


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार तथा याैनजन्य घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भइरहेको बताएका छन्।

बुधबार नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको बताएका हुन् ।

सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले यसमा गृहकार्य गरिरहेको बताएको उपाध्यायले जानकारी दिइन्

प्रतिक्रिया