२०० रुपैयाँले बढ्यो एल.पी ग्यासको मूल्य, अब प्रतिसिलिन्डर १८०० रुपैयाँ पर्ने

पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढ्यो


काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एल.पी ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो।

यस्तै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर १० रुपैयाँ बढेको छ ।  निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ ।

नेपाल आयल निगमले नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

प्रतिक्रिया