


विराटनगरमा कांग्रेसका उम्मेदवार नागेशले बनाए फराकिलो मतान्तर

काठमाडौं- विराटनगर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान नयाँ मतपरिणाम सार्वजनिक गरेको हो।
त्यसमा गठबन्धनतर्फका मेयर उम्मेदवार कांग्रेसका नागेश कोइरालाले अग्रता फराकिलो पार्दै लगेका छन्। कोइराला प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ५९३० मतले अगाडि छन्। यो ७० हजारभन्दा बढी मत गणना हुँदा आएको परिणाम हो।
उनले २३ हजार २६९ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १७ हजार३३९ मत ल्याएका छन्। मेयरका अन्य उम्मेदवार राप्रपाका प्रह्लादप्रसाद साहले ४ हजार ४३१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७ हजार ०७२मत ल्याएका छन्।
यसैगरी, उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले पनि अग्रता फराकिलो पारेकी छिन्। उनी गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवभन्दा ८ हजार ७०२ मतले अघि छिन्। कार्कीले १० हजार १४५ मत ल्याउँदा यादव ११ हजार ४४३ मतमा सीमित छन्।
उपमेयरका अन्य उम्मेदवार राप्रपाकी विन्दा लुइँटेलले ५ हजार ३८२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार १८५ मत ल्याएकी छिन्। विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको थियो। शनिबार बिहानबाट मतगणना सुरू गरिएको थियो।

