काठमाडौंमा बालेन शाहको नाघ्यो २६ हजार मत


काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहको मत २६ हजार नाघेको छ। पछिल्लो मत परिणाम अनुसार साहले २६ हजार ५९१ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १४ हजार १६५ मत ल्याएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन्। उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत ल्याएकी छन्।

नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन्। शुक्रबार बिहानसम्म काठमाडौंमा ७० हजार ३८९ मत गनिसकिएको छ।

प्रतिक्रिया