


भरतपुर महानगरपालिका : ५४ हजार मतगणना सकियो, तीन हजार बढीले रेणुकाे अग्रता कायमै

चितवन- चितवनस्थित भरतपुर महानगरपालिकामा अहिलेसम्म ५४ हजार ४२ मत गणाना सकिएको छ। यहाँ मअाेवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन्। उनले २० हजार ४९२ मत ल्याएकी छन्। एमालेका विजय सुवेीले १७ हजार १८२ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पाैडेलले ७ हजार ८८२ मत ल्याएका छन्।
उता उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी धेरै मतले अगाडि छन्। उनले २२ हजार ९५२ मत ल्याउँदा राप्रपाकी हिमला गुरूङले १३ हजार ६४६ मत ल्याएकी छन्।

