

पोखरामा मतान्तर बढाउँदै धनराज, झण्डै ३ हजारको अग्रता

कास्की – कास्कीको पोखरा महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
बिहीवार रातिसम्मको मतगणनामा नेकपा एसका धनराज आचार्यले २४ हजार ३२ भोट सहित अग्रता लिइरहेका छन् । सुरुवाती अग्रता लिएका आचार्यले एमालेका उम्मेदवार भन्दा २ हजार ८ सय ४५ मत बढी ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २१ हजार १ सय ८७ भोट पाएका छन् । २०७४ सालमा पोखराको मेयरमा फराकिलो मतान्तरसहित एमाले विजयी भएको थियो ।
उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाट झिनो मतान्तरले अगाडि छिन् । रानाभाटले २४ हजार ३ सय ४ भोट पाउँदा एमालेकी मञ्जु गुरुङले २४ हजार २ सय ६ भोट पाएकी छिन् ।

