रामेछापको गोकुलगंगा १ मा कांग्रेस प्यानलै विजयी


काठमाडौं – गोकुलगंगा गाउँपालिका-१ मा कांग्रेसको प्यानलै विजयी भएको छ। चुचुरेको वडा अध्यक्षमा कांग्रेसका छत्र बहादुर बस्नेत विजयी भएका हुन्।

बस्नेतले ७१५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वि एमालेका मिनबहादुर कार्की (रामजी) ६१९ मत प्राप्त गरे।

यसैगरी वडा सदस्यमा दीर्गमाया खत्री, विमला खाती, दुर्गबहादुर थापा र टोपबहादुर खत्री निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

प्रतिक्रिया