मुस्ताङमा घरपझोङको अध्यक्षमा कांग्रेसका लालचन २ मतले विजयी


मुस्ताङ – मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन २ मतको अन्तरले विजयी भएका छन् ।

लालचन ७ सय ६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जकुमार थकालीले ७ सय ५८ मत प्राप्त गरे ।

घरपझोङमा अध्यक्ष पदमा दुई जना मात्र उम्मेदवार थिए । अघिल्लोपटक एमालेले जितेको यस गाउँपालिकामा कांग्रेसले गठबन्धनको बलमा बाजी मारेको हो ।

प्रतिक्रिया