पोखरा महानगरकाे मतगणना आज नहुने, भाेलि सर्वदलीय बैठक बस्दै


कास्की – पोखरा महानगरपालिकाको मतगणना शुक्रबार नहुने भएको छ । शनिबार बिहान सर्वदलीय बैठक बोलाइएको र त्यसपछि सहमति जुटाएर मतगणना थालिने छ ।

निर्वाचन कार्यालय पोखराका प्रवक्ता निल प्रसाद पनेरुले शनिबार बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बताए ।

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट धन राज आचार्य र एमालेबाट कृष्ण थापा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया