स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना : १३ को मृत्यु, १२ जना घाइते


स्याङ्जा – स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना भएको छ ।

जिल्लाको वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो।

दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत भइसकेको छैन भने घाइतेहरुलाई पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ ।

प्रतिक्रिया